सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एक जना पक्राउ

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २२।  सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार राति काठमाडौंबाट एक जना आरोपितलाई पक्राउ गरेको र उनको परिचय खुल्न बाँकी रहेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिए ।

अहिले सनाखत भइरहेको दिउँसोसम्ममा उनलाई सार्वजनिक गर्ने प्रवक्ता कुँवरले बताए । पोखरामा मजदुरी गर्ने भुजेलले आफूलाई अपरिचित व्यक्तिले जागिर लगाइदिने भन्दै भारत पुर्‍याएको बताएका छन् ।

त्यहाँ आफूलाई बेहोस बनाएर आफ्नो मिर्गौला झिकिएको उनको भनाइ छ । भुजेलका अनुसार नेपाल आएपछि मात्रै उनले मिर्गौला झिकिएको थाहा पाएका थिए । भुजेल परिवारले गत सोमबार भुजेल परिवारले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई भारत पुर्‍याउनेको खोजी शुरू गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर