मिडियाबाजी डटकम काठमाडौँ, असार २३ । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६ सय ८८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३७ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
आज माथिल्लो मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक ६.५६ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, आज सर्वाधिक गुमाउनेमा राप्ति हाइड्रो एन्ड जनरल कन्ट्रक्सनका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन नेपाल रिईन्स्योरिङको सर्वाधिक ८० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा गार्डियन माइक्रो लाइफको ४१ करोड ७१ लाख रुपैयाँ र तेस्रोमा एनआरएन इन्फ्रास्टक्चरको २४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।