पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २३ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन खनाल आज त्यसतर्फ प्रस्थान गरेका हुन् । उनले बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री खनालले त्यहाँका आधुनिक कृषि अनुसन्धान केन्द्र, ‘डिजिटल’ प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमूना परियोजनाहरूको अवलोकन गर्नेछन् । उनले सिपिसी हेनान प्रान्तीय कमिटीद्वारा आयोजित एक विशेष अन्तरक्रियामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् । हेनानको कार्यक्रम सकेर नेता खनाल यही असार २५ गते चीनको राजधानी बेइजिङ पुग्नेछन् । बेइजिङमा उनले जुलाई १० मा दुईवटा महत्वपूर्ण सत्रलाई सम्बोधन गर्नेेछन् । उनले ‘मन्त्रिस्तरीय विश्व सभ्यता संवाद’ को पूर्ण सत्रको तेस्रो खण्ड, ‘मानवताका साझा मूल्यहरूको संयुक्त प्रवद्र्धन’ लाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर