अन्तर्राष्ट्रिय उडान माग गर्दै गौतम बुद्ध विमानस्थल प्रवेशद्वारमा धर्ना

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४।  रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनायता अन्तर्राष्ट्रिय उडानविहीन भएपछि यहाँका निजी क्षेत्रका संघसंस्था आन्दोलनमा उत्रिएका छन्। नियमित अन्तर्राष्ट्रिय उडान माग गर्दै उद्योगी–व्यवसायीको संघसंस्थाले दबाबपूर्ण कार्यक्रम सुरु गरेका छन्।

यसअघि ज्ञापनपत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब सिर्जना गर्दै आएका संघसंस्थाले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका छन्। उद्योग–व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा गरिएको दबाबमूलक धर्ना कार्यक्रममा जिल्लाका दुई दर्जन बढी संघसंस्था ब्यानरसहित सहभागी भएका थिए। प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर