युवा संघ पर्वतको भेलामा ‘कुटाकुट’, केन्द्रीय सदस्य पौडेल घाइते

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४। युवा संघ पर्वतको भेलामा दुई गुटबीच विवाद हुँदा कुटाकुट भएको छ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ पर्वतमा एमालेका दुई गुट छन् । एउटा समूहलाई राष्ट्रियसभाका पूर्वाध्यक्ष गणेश तिमिल्सिनासहित पूर्व प्रदेश सांसद विकास लम्सालसहितले चलाउँछन्। अर्को समूहलाई एमाले संस्थापन र प्रतिनिधिसभा सदस्य पदम गिरीको समर्थन छ।

यी दुई समूहको विवाद हात हालाहालको अवस्थामा पुगेको हो । तिमिल्सिना निकट एमाले गण्डकी सदस्य अर्जुन पौडेल घाइते भएका छन्। उनको टाउकोमा चोट लागेर रक्ताम्य बनेको। उनलाई उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ। युवा संघ पर्वतको नवौं जिल्ला अधिवेशनको मिति बुधबारलाई तोकिएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर