मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गरेका छन् । राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको गुनासो गरेका हुन्।
उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरेको भए पनि द्रुत गतिमा काम नगरेको उनले बताएका छन्। उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गरे। उनले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु÷नचलाउनु भनि दबाब नआएको बताएका छन् ।