मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४। मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडक खण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना हुँदा नौं जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ।
मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।