अमेरिकाले थप सात नेपालीलाई गर्‍यो निष्काशन

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४।  अमेरिकाले थप सात नेपालीलाई निष्काशन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बसिरहेका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो। निष्काशन हुनेमा गिरी, पाठक, डाँगी, पोखरेल र ओली थरका तीन जना छन् ।

उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको स्रोतले जनाएको छ । उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो । निष्काशन पर्नेमा चार जना अवैधरूपमा बसोबास गरिरहेका थिए । उनीहरूले नेपाली पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए । अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। ट्राभल डकुमेन्टबाट एकतर्फी मात्रै यात्रा गर्न सकिन्छ।

तपाईंको प्रतिक्रिया

थप खबर