मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २४। भारतले मंगलबार रातिबाट पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको छ । पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफले ‘कायरतापूर्ण आक्रमण’ भन्दै कडा जवाफ दिइने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ नदिइ छाडिन्न ।’ भारतको यो आक्रमणको जवाफ दिन पाकिस्तानले पूर्ण अधिकार राख्ने समेत उनले भनेका छन् ।