ओलीले फरक मत प्रस्तुत गर्न नदिएपछि कर्ण थापाले ग्रुपमा बाँडे

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र २१ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न दिएनन् ।

जारी विधान महाधिवेशनको दोस्रो दिन आज (शनिबार) विभिन्न प्रतिवेदन उपर छलफल हुँदैछ । नेता थापाले अध्यक्ष ओलीले ल्याएको दस्ताजेजविरुद्ध ३२ पेज लामो फरक मत दर्ज गरेका छन् ।

उक्त फरक मतको दस्तावेजमाथि पनि छलफल गर्ने कार्यसूची थियो । तर, कर्ण थापाले फरक मत प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले रोकेका हुन् ।

समय अभाव भएको र फरक मतमा फरक कुरा पनि खासै केही नभएको भन्दै ओेलीले रोकेको विधान महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार ओलीले ‘अहिले हामीसँग समय छैन, ग्रुप डिस्कसनमा जाऊँ’ भन्दै थापालाई फरक मत प्रस्तुत गर्न नदिएका हुन्। आफ्नो मत प्रस्तुत गर्न उठेका थापालाई ओलीले बोल्न दिएनन् ।

त्यसपछि थापाले ग्रुपहरूमा सो प्रतिवेदन बाँडेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर