एएफसी यू–२० महिला एसियन कप छनोट : नेपाल भुटानसँग भिड्दै

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ ।

भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ । नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् ।

दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ । समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् ।

हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्याण्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् । नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर