मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ ।
एनपिएलले मंगलवार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।