बंगलादेशमा आगामी फेब्रुअरीमा आमचुनाव हुनसक्ने

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ ।   बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले फेब्रुअरीमा आम चुनाव गराउने संकेत दिएका छन्।

अन्तरिम सरकार प्रमुख युनुसले मंगलबार राष्ट्रलाई सम्बोधन गर्दै देशमा चुनाव गराउने मिति उल्लेख गरका बीबीसीले जनाएको छ । समाचार अनुसार उनले मुख्य निर्वाचन आयुक्तलाई पत्र लेखेर अर्को वर्ष रमजानअघि फेब्रुअरीमा चुनाव गराउन आग्रह गर्ने बताइएको छ ।

युनुसले बंगलादेशमा शेख हसिनाको सरकारको पतनको एक वर्ष पूरा भएको अवसरमा देशलाई सम्बोधन गरिरहेका थिए । देशव्यापी विद्यार्थी आन्दोनका कारण २०२४ अगस्ट ५ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले सत्ता छोड्नु परेको थियो । त्यसको एक वर्ष पूरा भएको अवसरमा हजारौँ नागरिक विभिन्न जुलुसमा सहभागी भएका छन् । बीबीसी

तपाईंको प्रतिक्रिया

थप खबर