प्रहरीको गोली लागेर एक जनाको मृत्यु

  १७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २१ ।  सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मदिरा नियन्त्रण गर्ने क्रममा गए राति प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका–२ निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ ।

मदिरा भण्डार गरिएको ठाउँमा राति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबीच झडप भएको हो ।

उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्मरक्षाको लागि प्रहरीले ७ राउण्ड गोली चलाएको चतुर्वेदी बताउँछन् । जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए ।

अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाको राजगड गाउँपालिका–२ स्थित नेपाल–भारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर र प्रहरीबीच भीडन्त भएको थियो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर