पर्यटन राज्‍यमन्त्री चौधरीले राजीनामा बुझाउँदै

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २२ ।   नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्‍यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।

आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्‍यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले सुनाइन्, ‘त्यसकारण आज पर्यटन राज्‍यमन्त्री ज्‍यूले ५ बजे प्रधानमन्त्री ज्‍यूलाई भेटेर राजनीनामा बुझाउनु हुन्छ ।’ शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर