मिडियाबाजी डटकम काठमाडौँ, असार २२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको टिप्पणी गरेकी छन् ।
आज (आइतबार) बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।
उड्दै नउड्ने विमान किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको उनले उल्लेख गरिन् । उनले यो सबैको कारण भ्रष्टाचार रहेको बताइन् । ‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौं उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौं चल्दै नचल्ने’, उनले भनिन्, ‘यसको कारण के हो त भन्दा भ्रष्टाचार हो । हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौँ, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’