पतञ्जलि जग्गा प्रकरण : सूर्यविनायकका मेयर थापा र याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि मुद्दा

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २३।   पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापाको नाम समेत प्रतिवादीको सूचीमा छ।

थापाले हदबन्दी छुट जग्गा गैरकानुनी रुपमा पतञ्जलिले किनबेच गरेकामा त्यसपछि थापाले पनि जग्गा किनेका थिए । थापा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा भक्तपुर सूर्यविनायक नगरपालिकामा एमालेबाट निर्वाचित भएका हुन्। हाल जग्गाधनी रहेका थापाले आफूले साविक साँगा गा.वि.स.वडा नं.४ (ख) को कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग एक करोड ३० लाख ६६ हजारमा खिद गरेको बयन दिएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर