कर्मकाण्डी नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३।   जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रमको कुनै औचित्य नरहेको बताएका छन् । आज (मंगलबार) को प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग अध्यक्ष यादवले नीति तथा कार्यक्रम कर्मकाण्डी धान्नु बाहेक अरु औचित्य नरहेको जिकिर गरेका हुन् ।

नीतिगत आधारमा हेर्दा एक ठाउँमा समाजवादउन्मुख भन्ने शब्द प्रयोग भए पनि समष्टिगत रुपमा नीति र कार्यक्रम पढ्दा यसको उद्देश्य र गन्तव्य नवउदारवादतर्फ रहेको उनको भनाइ छ । ‘नीति तथा कार्यक्रम वास्तवमा कहिले कहाँबाट सुरु भएर राजा, महाराजाको पालादेखि सुरु भएर त्यसलाई कमरेडहरूले पनि धान्या हो । नत्र यसको त कुनै जरुरत र औचित्य नै छैन । यसले के गर्नु, बुक बाँड्ने, टिकाटिप्पणी बाहेक के हुनेवाला छ । औचित्य के छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर