मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २३। पूर्वी तराईका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।
आज (मंगलबार) दिउँसोपख काठमाडौँ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका केही क्षेत्रमा चट्याङसहित वर्षा र केही क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।