विद्यालय हिंडेका दाजु–बहिनी मृत भेटिए

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन २० ।  पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराइरहेका दाजु–बहिनी मृत फेला परेका छन् ।

हराइरहेका दाजु–बहिनी विरुवा खोला किनारमा मृत भेटिएका हुन् ।
शुक्रवार विद्यालय हिंडेका उनीहरु हराएका थिए ।

विरुवा खोलामा मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले जानकारी दिए । १० बर्षीय शिशिर राई र उनको बहिनी ५ बर्षीय नानुमा राईको शव फेला परेको हो । विद्यालय हिँडेका उनीहरु हराएपछि खोजी कार्य गरिएको थियो ।

बहिनीको केहि तल र दाजुको केहि माथि खोला किनारमा शव भेटिएको हो । केहि दिनदेखि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । शव पोस्टमार्टमा लागि फिदिम ल्याइँदैछ । उनीहरु पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र १ मा अध्ययनरत थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर