मिडियाबाजी डटकम काठमाडौँ, साउन २० । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा २२ सय ८० रुपैयाँ कायम भएको छ ।