मिडियाबाजी डटकम काठमाडौँ, असार २१ । बहराइनमा रहेका नेपाली समुदायले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रमुख कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरेका छन् ।
खाडीमा कार्यरत नेपाली श्रमिकसँग अनुभव साटासाट गर्ने क्रममा बहराइन पुगेका घिसिङलाई बहराइनवासी नेपालीले शुक्रबार नागरिक अभिनन्दन गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका बिभिन्न जातीय संघसंस्था, राजनीतिक भातृसंगठन, जिल्लागत संस्था लगायतले अभिनन्दन गरेका हुन् ।