पेरिसडाँडामा पाँच कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २१ । पाँच कम्युनिष्ट पार्टीका नेताहरू पेरिसडाँडामा जम्मा भएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा उनीहरूबीच छलफल भइरहेको छ ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयवस्तुहरूमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर