सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको तयारी

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २१ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेतृत्वको सरकारबारे निर्णय लिनको लागि दलको बैठक बोलाएका हुन् ।

जसपा राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिने जानकारी दिए । उनले भने, ‘आज अध्यक्षले दलको बैठक डाक्नु भएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ । कार्यकारिणी समितिको बैठकले फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले निर्णय गर्छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर