काभ्रेबाट भक्तपुर आउने वैकल्पिक सडकमा पुण्यमाता खोलाको पुल भाँचियो

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २१ ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुण्यमाता खोलाको पुल भाँचिएपछि गए रातिदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने यो सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । यो पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल भाँचिएपछि सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर