मिडियाबाजी डटकम काठमाडौँ, असार २१ । श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा प्रमुख र प्रशासकीय अधिकृतबीच विवाद झनै चुलिएको छ ।
योजना भुक्तानीको विषयलाई लिएर नगर प्रमुख हर्क साम्पाङ र अधिकृत अम्बिकाप्रसाद चौलागाईँबीचको विवाद स्पष्टीकरण माग्ने स्तरसम्म पुगेको हो । साम्पाङले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण मागेका छन् ।
यही असार २ गते धरान– १६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना भएको थियो । शुरुमा श्रमदान भनिएको योजनामा केही सीमित व्यक्तिको डोरहाजिर गराएर मेयरले भुक्तानी मागेको भन्दै विवाद भएको थियो । यो भुक्तानी अहिलेसम्म पनि रोकिएको छ ।