रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने नाउपाको चेतावनी

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २२ ।  नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारण माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै चौधरीले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने भन्दै जवाफ नआए आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए।

‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्‍याइयो। महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ। यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिनु भएन भनेदेखि हामी सरकार छोड्न बाध्य हुन्छौं,’ उनले भने।

तपाईंको प्रतिक्रिया

थप खबर