सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा पत्रकार महासँघको आपत्ति

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १९ ।  नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति निकाल्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले नागरिकको अधिकारमा संकुचन लगाउने बताएका छन् । उनले सरोकारवालासँग सुझाव लिएर त्यसअनुसारमात्र निर्णय गर्न आग्रह गरेका छन् ।

उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर