‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १९ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ ।

तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने सहमति गरेको हो ।

स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्ष समेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिए ।
‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ,’ उनले भने, ‘छिट्टै एकता हुन्छ । पार्टी एकताका लागि वार्ता समिति पनि छिट्टै बनाउँछौं ।’

तपाईंको प्रतिक्रिया

थप खबर