मिडियाबाजी डटकम काठमाडौँ, असार २० । सत्ता साझेदार नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीविरुद्ध चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले कतिपय सन्दर्भमा कांग्रेसलाई आफैंबाट चुनौती रहेको बताएका छन् ।
उनले भने, ‘कांग्रेस विभाजित होइन, एक ढिक्का भएर अगाडि बढ्नु पर्दछ । अहिलेको समयको आवश्यकता यही हो । आमनागरिकमा अझै पनि कांग्रेसमाथि विश्वास छ । जनमत कांग्रेसकै पक्षमा छ । म आफैं पनि जिल्ला जाँदा होस् वा आममान्छेसँग अन्तरक्रिया गर्दा कांग्रेसप्रतिको भरोसा घटेको छैन । कांग्रेसप्रतिको त्यो विश्वासलाई कमजोर बनाउन पनि सुनियोजित रूपमा कांग्रेसमाथि आक्रमण भइरहेको छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ ।’