खत्रीलाई उपरथीको दर्ज्यानी चिह्न, उपत्यका पृतनाको जिम्मेवारी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका रविन्द्र खबीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आज (शुक्रबार) जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । खत्रीलाई असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवासँगै उनलाई उपत्यका पृतनाको पृतनापतिमा बढुवा गर्ने निर्णय भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर