अफगानी तालिबान सरकारलाई रुसले दियो औपचारिक मान्यता

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० ।  रुसले अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिएको छ ।

योसँगै तालिबान शासनलाई मान्यता दिने पहिलो देश बनेको छ रुस ।

अफगानका विदेशमन्त्री अमिर खान मुक्ताकीले यसलाई ‘साहसी’ निर्णय भनेका छन् । बीबीसीका अनुसार रुसी राजदूत दिमित्री झिरनोभले बिहीबार काबुलमा अफगान विदेशमन्त्रीलाई भेट्दै अफगानिस्तानको इस्लामिक इमिरेट्सलाई मान्यता दिने आफ्नो सरकारको निर्णय आधिकारिक रूपमा जानकारी गराएका थिए ।

मुक्ताकीले बीबीसीसँग भनेका छन्, ‘यो सकारात्मक सम्बन्ध, पारस्परिक सम्मान र रचनात्मक साझेदारीको नयाँ चरण हो र यो परिवर्तन अन्य देशका लागि उदाहरण बन्नेछ ।’ अगस्ट २०२१ मा सत्तामा फर्केदेखि तालिबानले बढ्दो मानव अधिकार उल्लंघनबारे रिपोर्टका बाबजुद अन्तर्राष्ट्रिय मान्यता र लगानी खोजेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर