पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन डिपो

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० । पोखरामा अत्याधुनिक प्रविधिजडित हवाई इन्धन डिपो निर्माण भएको छ ।

नेपाल आयल निगमले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण सकेको हो। निगमको ५५ वर्षे इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी सीप र पुँजीमा विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण सम्पन्न गरेको आयोजना प्रमुख इ. प्रदीपकुमार यादवले जानकारी दिए। २०८० साल साउन १ गते निर्माण सुरु भएको यो डिपो तोकिएको दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको छ। डिपोको उद्घाटन यही साउन महिनामा गर्ने तयारी रहेको छ ।

विमानस्थल परिसरमै ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ । निगमले अहिले पाँच वर्षका लागि सम्झौता गरेको र यो नवीकरण हुँदै जाने बताएको छ । २०७७ साल चैत २ गते हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो। तर, विविध कारणले डेढ वर्षपछि २०७९ साल कात्तिक २९ गते मात्रै बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माणकार्य अघि बढाउन सम्झौता भएको थियो। लगत्तै, २०७९ साल पुस १५ मा प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता कार्य सम्पन्न भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर