तस्करसँगको भिडन्तमा ६ सशस्त्र प्रहरी घाइते

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार २० ।   धनुषाको विदेह नगरपालिका–२ दुहबीमा बिहीबार राति तस्करसँग भिडन्त हुँदा ६ सशस्त्र प्रहरी घाइते भएका छन् ।

भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका एसपी निर्मल खड्काले तस्करीको समान नियन्त्रणमा लिन एउटा घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेको जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर