मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २१। प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर सारिएको छ।
सभामुखको सचिवालयले सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि वैठक सरेको जानकारी गराएको छ। आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । विपक्षी दलहरूसँग सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो। गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका विपक्षी दलहरू आफ्ना अडानमा कायमै छन्। सत्तापक्ष पनि पुरानै अडानबाट पछि हटेको छैन।
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभाको आजको बैठकमा पनि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गरिएको छ। बैठकको आकस्मिक समयमा सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा देखिएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन्।