प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्दै

  चैत २१, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दैछन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ मा हस्ताक्षर गर्ने रहेको छ।आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत सम्बोधन गरेपछि कायसूचीहरू प्रस्तुत गरिने छन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरूबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरू पारित हुने छन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावातले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

थप खबर