एमाले विधान महाविधेशनको तयारी पुरा, २३४१ प्रतिनिधि सहभागी हुने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १८ ।  नेकपा एमालेले भाद्र २० गतेदेखि सुरु हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराइज हलमा भाद्र २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

विधान महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरि कूल २ हजार ३ सय ४१ जनाको सहभागीता रहने नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर