मिडियाबाजी डटकम काठमाडौँ, साउन १८ । साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० को विन्दुमा आईपुगेको छ।
नेप्सेमा यसदिन ३१९ वटा कम्पनीको ३ करोड २२ लाख ६० हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब सात करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज ट्रेड टावर र शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतका दरले कमाएका हुन् । यस्तै थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले ४.५५ प्रतिशतका दरले कमाएका छन् ।
सान्भी इनर्जी र समता घरेलु लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका हुन् । यस्तै, ग्रीन भेन्चर्सका लगानीकर्ताले ५.७७ प्रतिशत र सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५.५८ प्रतिशतका दरले गुमाए ।