सरकार पारदर्शी भएन, जनताले सुशासनको अनुभूति गर्न पाएनन् : शेखर कोइराला

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन १८ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन्।

आइतबार विराटनगरमा गुँरास पुस्तकालयले आयोजना गरेको मुक्ति प्रसाद यदुनाथ चापागाईं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले ठूला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन्।

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको दाबी गरे।

कोइरालाले लोकतन्त्रको रक्षाका लागि भएपनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे। मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै उनले मिलिजुली सरकार बनाउनै पर्ने बाध्यताकाबीच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए।

कार्यक्रममा राजनीति तर्फहरि सापकोटालाई २१ हजार नगद सहित सम्मान गरिएको थियो भने सामाजिक तर्फअलिम अन्सारीलाई ११ हजार नगद सहित सम्मानित गरिएको थियो। यसैगरी प्रतिभा तर्फडा. प्रमिला गच्छेदारलाई नेता डा. कोइरालाले सम्मान पत्र प्रदान गरे।

तपाईंको प्रतिक्रिया

थप खबर