विकास बजेट खर्च आधा पनि पुगेन, ऋण भुक्तानीमा अत्यधिक

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १९ ।  चालु आर्थिक वर्ष २०८१ / ८२ सकिन लाग्दा विकास बजेट खर्च निराशाजनक देखिएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालयका अनुसार, असार १८ गते बुधवारसम्म पुँजीगत शीर्षकमा विनियोजित ३ खर्ब ५२ अर्ब बजेटमध्ये १ खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । यो विनियोजित बजेटको तुलनामा ४६.५९ प्रतिशत मात्र हो, जुन गत आर्थिक वर्ष २०८० / ८१ को भन्दा पनि कमजोर प्रदर्शन हो।

महालेखाको तथ्याङ्कअनुसार, गत आर्थिक वर्षमा सरकारले ३ खर्ब २ अर्बको पुँजीगत बजेट ल्याएको थियो र असार १८ सम्ममा ४८.५७ प्रतिशत खर्च गरिसकेको थियो । नेपाली काँग्रेस र नेकपा एमालेको दुई तिहाइको सरकार हुँदा पनि विकासको गति सुस्त रहेको तथ्याङ्कले देखाएको छ । यसले देशको पूर्वाधार विकास र आर्थिक वृद्धिको गतिमा सुस्ती आउने चिन्ता बढाएको छ । विकास खर्चमा भन्दा सरकारले चालु आर्थिक वर्षमा ऋणको साँवा ब्याजसहित दायित्व भुक्तानीमा ठूलो रकम खर्च गरेको तथ्यले देखाउँछ ।

तपाईंको प्रतिक्रिया

थप खबर