राजावादी दलहरुलाई कारवाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०।    संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावना विपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता डा. प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन् । निवेदनमा आयोगमा दर्ता भएर संघीय संसदमा प्रतिनिधित्व गर्दै आएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुन विपरीत भएको जिकिर गरिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर