नेप्सेमा ३५.७३ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०।   साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ।

यस दिन ३१५ कम्पनीको १ करोड ५४ लाख कित्ता सयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

राधी हाइड्रोपावर सबैभन्दा बढी ६० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज ओम मेगाश्री र पियोर इनर्जीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर