पुल बेचेको आरोपमा वडाध्यक्ष गौतम पक्राउ

  जेठ २१, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतम पक्राउ परेका छन्।

रोशी गाउँपालिका–७ र नमोबुद्ध नगरपालिका–६ को सीमानामा रहेको पुललाई रोशी खोलाले बगाएको थियो। उक्त खोलाले बगाएको फलामका पार्टपुर्जाहरू चोरी गरेको आरोपमा प्रहरीले जेठ १२ गते चार जनालाई पक्राउ गरेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरीले सोमबार वडाध्यक्ष गौतमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलले जानकारी दिए। ‘अनुसन्धानका लागि हामीले हिजो पक्राउ गरेका छौं,’ उनले भने । प्रहरीले जेठ १२ गते चार जनालाई दुई वटा टिपरमा फलामका रडहरू लोड गर्दैगर्दा पक्राउ गरेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर