मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ २०। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै लगातार सदन अवरोध गर्दै आएका विपक्षी दलको बैठकले तीन बुँदे निष्कर्ष निकालेको छ।
विपक्षी दलले ‘पहिलो चरण’ को बैठकबाट तीन बुँदे निर्णय गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आफ्नो अडान उनीहरूले कायम राखेका छन्। उक्त तीन बुँदे निष्कर्ष लिएर नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक सभामुख देवराज घिमिरेसँगको छलफलमा सहभागी हुन गएको रास्वपाका कार्यबाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दि । सभामुखले सदनको अवरोध खुलाउनेबारे दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दैछन् ।