विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ : कांग्रेस नेता महर

  १४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० ।  विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवाहरू तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन्। विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ। यी तीन वियको सन्तुलनमा ध्यान नदिएमा भोली विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोवल पलिसी निर्माण आजको आवश्यकता हो ।र, युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ,’ उनले भने।

प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवस्यकता भएको उनको ठहर छ। ‘जनसंख्या वृद्धिले जैविक विविधता भइरहेको छ। जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ। यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आंकलन गरिँदै छ। त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,’ महरले भने।

तपाईंको प्रतिक्रिया

थप खबर