एमालेसँग मिल्नु वाध्यता, सरकारले सुशासन दिन सकेन : शेखर कोइराला

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० ।  सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिल्नु परेको बताएका छन् । प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले दुई दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन् ।

उनले भने, ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन । एमालेका अध्यक्ष ओलीजीले लिनु भएको छ । सात बुँदे सहमति भनेको छ । संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ । सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ ।’

तपाईंको प्रतिक्रिया

थप खबर