राजनीतिक दलहरू राज्य दोहनको साधन बने : बाबुराम भट्टराई

  १३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख २० ।   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बनेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा दलहरू चहिने तर राजनीतिक दल स्वार्थ समूह बनिरहेको टिप्पणी गरे । डा. भट्टराईले लोकतन्त्रमा राजनीतिक दलहरु नै विचारका वाहक हुने बताए । उनले राजनीतिक दलहरूको प्रतिष्पर्धाबाट नै लोकतान्त्रिक वातावरण बन्ने जिकिर गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर