मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७। नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
पछिल्लो केहि दिन यता सुनको मूल्यले निरन्तर उचाई कायम गर्दै आइरहेको हो ।
आज सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख पाँच हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख पाँच हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज चाँदीको भाउ पनि किर्तीमानी उचाईमा पुगेको छ । चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४८५ रुपैयाँ पुगेको छ ।