आइजीपीले फुली लगाएसँगै ४ एआइजी रिक्त, दाबेदार सबै राष्ट्रिय अनुसन्धानबाट आएकाहरू

  १५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ भाद्र १७।   सरकारले रोलक्रममा रहेका चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक (आइजीपी)मा नियुक्त गरेपछि अब चार एआइजी रिक्त रहेको छ।

सिआइबी प्रमुख खापुङ आइजीपीमा बढुवा र अन्य तीन एआइजीहरु सुदीप गिरी, टेकबहादुर तामाङ तथा कृष्णहरि पोखरेलको अवकाशसँगै चार एआइजी रिक्त भएको हो।

विद्यमान प्रहरी नियमावली अनुसार मन्त्रिपरिषद्ले भदौ १९ देखि लागू हुने गरी नेपाल प्रहरीका एआईजी खापुङलाई उक्त संगठनको ३२ औँ आइजीपीको नियुक्त भइसकेका छन्। उनले भदौ १९ गते दर्ज्यानी चिन्ह लगाउनेछन्। खापुङ दुई महिनाका लागि आइजीपी भएका हुन्।

भदौ १८मा ३० वर्षे सेवाअवधी पूरा गरी वर्तमान आईजी दीपक थापा, एआईजीहरु टेकबहादुर तामाङ र सुदीप गिरी अवकास हुँदैछन्। उनीहरु २०५२ भदौ १९ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा सँगै भर्ना भएका थिए।

खापुङले १९ गते आईजीको फुली लगाएसँगै सीआईबी एकेडमी, उपत्याका प्रहरी कार्यालयल तथा प्रशासन विभाग खाली हुने भएको हो। यसका लागि २०८१ मंसिरमा डीआईजीमा बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।

उनीहरू २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएका हुन्। उनीहरूसँगै भर्ना भएका सिद्धिविक्रम शाह यसअघि नै एआईजी भइसकेका छन्।

त्यसकारण उनीहरुलाई सहज हुने बताइएको छ। यद्यपि प्रहरीबाटै आएकाहरुले उनीहरुका लागि बाधक रहेका छन्। यीमध्ये सुशीलसिंह राठौर प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा कार्यरत छन्।

उमाप्रसाद चतुर्वेदी मधेस प्रदेशको प्रहरी प्रमुख छन्। हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा र डम्बरबहादुर विक सुदूरपश्चिम प्रहरी प्रमुख छन्। उता कोसी प्रदेशका प्रहरी प्रमुख ईश्वर कार्कीसहित ५ डीआईजीहरुले राअविको टोलीलाई रोक्न खोजिरहेको छ।

उनीहरुपनि यसपटक नै प्रतिस्पर्धा गरिरहेका छन्। खापुङको अवकाशपछि एक पद मात्रै रिक्त रहनेछ। त्यसमा कार्कीसहितको पालो आउने भएपनि अहिले नै मिसिएर बढुवा हुने कोसिसमा लागेका छन्।

उनीहरू २०८१ पुस २६ गते डीआईजीमा बढुवा भएका थिए। ईश्वर कार्कीसँगै राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया एकसाथ बढुवा भएका हुन्। राजेन्द्रप्रसाद भट्ट लुम्बिनी प्रदेश, दिनेशकुमार आचार्य गण्डकी प्रदेश र अरुण पौडेल बागमती प्रदेशको प्रहरी प्रमुख छन्।

गोविन्द थपलिया प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा छन्। उनीहरूकै ब्याचका तीन जना भने एआईजी भइसकेका छन्। एआईजी दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी यही ब्याचका हुन्।

यही ब्याचबाट आइजीपी हुने भएकाले पनि राअविको टोलीलाई पछि धकेलि उनीहरु अहिलेको लटमा बढुवा हुन खोजिरहेका छन्। यसपछि राअविको टोली अककाशमा नगई उनीहरुको बढुवा हुने अवस्था छैन।


तपाईंको प्रतिक्रिया

थप खबर