कर्णाली विकास बैंक घोटाला प्रकरण : पूर्व अध्यक्ष मिश्र पक्राउ 

  १८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार १८ । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए ।

बैंकको हिनामिनामा उनको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । मिश्र सत्तारुढ नेकपा (एमाले) का केन्द्रीय सदस्य हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदको उम्मेदवारमा सिफारिस भएका थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर